इलाममा थप दुइजनामा कोरोना संक्रमण पुष्टी, संक्रमितको संख्या ५९ पुग्यो

इलाम, २० साउनः इलाममा थप दुइजनामा कोरोना संक्रमण पुष्टी भएको छ । सूर्योदय नगरपालिकाको पशुपतिनगरमा दुईजनालाई कोरोना पुष्टी भएको हो । संक्रमित दुवै जना शसस्त्र प्रहरीका जवान रहेका छन् । पशुपतिनगरमा रहेको क्वारेन्टीनमा रहेका एकजना र पशुपतिनगरकै सिमानामा डिउटीमा रहेका एकजना रहेको स्वास्थ्य कार्यालय इलामका कोरोना फोकल पर्सन बिमल बरालले वाताए । 
इलाममा रहेको गणमा यस अघिनै २७ जनामा कोरोना संक्रमण देखिएको छ, आज थपिएका दुई सँगै इलाममा कोरोना संक्रमितको संख्या २९ पुगेको छ ।  

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता