पछिल्लो २४ घण्टामा २ सय ५९ संक्रमित थपिए, संक्रमितको संख्या २१ हजार नाघ्यो



काठमाडौं, २० साउन । मुलुकमा थप २ सय ५९ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा २ सय ५९ संक्रमित थपिएसंगै नेपालमा संक्रमितको कुल संख्या २१ हजार ९ पुगेको छ ।
यस्तै सक्रिय संक्रमितको संख्या भने ५ हजार ९ सय २५ रहेको छ । मन्त्रालयका अनुसार कोशी अस्पताल विराटनगर प्रयोगशालामा झापाका ३,सुनसरीका ३, मोरङका १० जनामा संक्रमण पुष्टि भएको छ ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा धनुषाका १, इलामका २, झापाका ४, मोरङका १० जना, बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा झापाका १ जना, मोरङका २, सुनसरीका ९ जनामा संक्रमण देखिएको छ ।
यता, गजेन्द्र नारायण सिंह अस्पताल सिरहाका १, सप्तरीका ७ जना, जनकपुर प्रयोगशालामा धनुषाका १२, महोत्तरीका १५, सर्लाही र सिरहाका १ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा बझाङका १ जना, भक्तपुरका ११ जना, काठमाडौंका ३८ जना र सर्लाहीका २५ जनामा संक्रमण पुष्टि भएको छ । यता, किटजन्य प्रयोगशाला हेटौंडामा बाराका ६ जना, पर्साका १ जना, रौतहटका ६ जनामा संक्रमण देखिएको छ ।
कोरिया मैत्री अस्पतालमा बाराका १, भक्तपुरका १ जना, प्रहरी अस्पतालमा भएको परीक्षणमा भक्तपुरका १ जना, चितवनका १ जना र वीर अस्पतालमा धनुषाका १ जनामा संक्रमण देखिएको छ ।
यता, त्रिवि शिक्षण अस्पतालमा काठमाडौंका ५ जना, मोरङका १ जना, नुवाकोटका २ जना, स्याङजाका १ जना, तनहुँका १ जना, रुकुम पश्चिमका १ जनामा संक्रमण देखिएको छ ।
यता, स्टार अस्पताल ललितपुरमा भएको परीक्षणमा कास्कीका १, काठमाडौंका २ जना, ललितपुरका १ जना, रुपन्देहीका १ जना, ल्याबमा काठमाडौंैंका ३ जना र लुम्बिनी प्रादेशिक अस्पतालमा भएको परीक्षणमा कपिलवस्तुका २ जना, रुपन्देहीका २, सल्यानका १ जनामा संक्रमण देखिएको छ ।
प्रादेशिक क्षयरोग केन्द्र पोखरामा भएको परीक्षणमा कास्कीका १, लमजुङ, पर्वत, १ स्याङजाका ३ जना र रुपन्देही प्रयोगशालामा गुल्मीका ५ जना र रुपन्देहीका ६ जनामा संक्रमण देखिएको छ ।
यस्तै, भेरी अस्पतालमा बाँकेका ११ जना, सल्यानका २ जना र सेती प्रादेशिक अस्पताल प्रयोगशालामा भएको परीक्षणमा अछामका ११, कैलालीका २२ जनामा संक्रमण देखिएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता