कोशी अस्पताल विराटनगरमा कोरोना संक्रमणबाट दुईको मृत्यु


विराटनगर, २१ साउन । कोशी अस्पताल विराटनगरमा कोरोना संक्रमणबाट दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर ९ गुद्रीका ४५ बर्षीय रञ्जीतकुमार शाह र रंगेली ८ दर्बेसाका ४५ बर्र्षीय तालु र्मुमु रहेको कोशी अस्पताललका मेसु चुमनलाल दासले जानकारी दिनुभयो ।

मंगलबार राति भर्ना भएका विराटनगरका रञ्जीत शाहालाई ज्वरो र जण्डिसको समस्या थियो । उनको उपचारको क्रममा मंगलबार मृत्यु भएको हो । रंगेली दर्वेसाका तालु मुर्मूको भने अस्पताल ल्याउदा ल्याउदै मृत्यु भइसकेको वरिष्ठ फिजिसिया डाक्टर दीपक सिग्देलले जानकारी दिनु भयो । दुवै जनाको स्वाब संकलन गरिएको र पीसीआर रिपोर्ट पोजिटिभ आएको डाक्टर सिग्देलले जानकारी दिनु भयो ।

रंगेलीका पुरुषको श्वासप्रश्वासमा समस्या आएकाले बुधबार विहान अस्पताल ल्याएकोमा डाक्टरले तत्काल मृत घोषणा गरेका थिए । मृत्युपछि आशंकामा स्वाब संकलन गरिएकोमा उनको रिपोर्ट पोजिटिभ आएको अस्पतालले जनाएको छ । यो सहित मोरङमा मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

कोरोनाको रिर्पोट आएपछि मात्र आफन्तलाई शव दिने भनेर अस्पतालले शव नदिएको हुनाले मृतकका आफन्तहरुले उपचारमा संलग्न डाक्टरहरुलाई कुटपिट गरेका छन् । शंका लागेर स्वाब लिइएको हो तर रिपोर्ट पोजिटिभ आएको बताउँदै डाक्टर सिग्देलले आफन्तहरुले नबुझी डाक्टरमाथि हातपात गरेको गुनासो गर्दै उनीहरुमाथि कारवाही हुनु पर्ने माग गर्नुभयो ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment