इलामको आइतबारेमा घरविदामा आएका शसस्त्रमा कोरोना संक्रमण, इलाममा कोरोना संक्रमितको संख्या ६० पुग्यो

इलाम, २१ साउनः इलाममा थप १ जनामा कोरोना संक्रमण देखिएको छ । घरविदामा इलामको सूर्योदय नगरपालिका आइतबारेमा आएका एक शसस्त्र प्रहरीमा कोरोना पोजेटीप देखिएको हो । उनी केहीदिन अघि घर विदामा आएको र घरमै क्वारेन्टीमा रहेका स्वास्थ्य कार्यालय इलामका कोरोना फोकल पर्सन बिमल बरालले जानकारी गराउनुभयो । 
इलाम आज थपिएका एक जनासँग संक्रमितको संख्या ६० पुगेको छ । 
कोरोना संक्रमणलाई जितेर आजैमात्र पनि ६ जना घर फर्किएका छन् । इलाममा कोरोना जितेर घर फर्कनेको संख्या पनि ३२ पुगेको छ । इलाममा एक्टीभकोश भने २८ रहेको छ । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment