पछिल्लो २४ घण्टामा ३ सय ८१ संक्रमित थपिए, संक्रमितको संख्या २१ हजार ३ सय ९० पुग्यो


काठमाडौं, २१ साउन । मुलुकमा थप ३ सय ८१ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ३ सय ८१ संक्रमित थपिएसंगै नेपालमा संक्रमितको कुल संख्या २१ हजार ३ सय ९० पुगेको छ ।

मन्त्रालयका अनुसार कोशी अस्पताल विराटनगर प्रयोगशालामा इलामका १, सप्तरीका ३, उयदयपुरका १, मोरङका ७ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा मोरङका ७ जना र इलामका १ जनामा संक्रमण देखिएको छ ।

यस्तै, बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा सुनसरीका १ जना, गजेन्द्र नारायण सिंह अस्पताल परीक्षणमा सर्लाहीका ३ र सप्तरीको ५ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै, जनकपुर प्रयोगशालामा धनुषाका ९ जना, महोत्तरीका १४ जना र सिरहाका १ जनामा संक्रमण देखिएको छ । नारायणी अस्पतालमा भएको परीक्षणमा बाराका १९, पर्साका १४७ र सर्लाहीका १ जना, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गोरखाका ३, कपिवस्तुका ९, काठमाडौंका २७ जनामा संक्रमण देखिएको छ ।

यस्तै, शुक्रराज ट्रपिकल अस्पताल टेकुमा भएको परीक्षणमा ललितपुरका १ जना, काठमाडौंका १४, पर्साका २ जनामा संक्रमण पुष्टि भएको छ ।

यता, किटजन्य प्रयोगशाला हेटौंडामा बाराका ८ जना, मकवानपुरका ४ जना, रौतहटका १ जना, कोरिया मैत्री अस्पतालमा धादिङका १, धनुषाका १ जना, पर्साका १जना, सुनसरीका १, स्याङजाका ९ जनामा संक्रमण देखिएको छ ।

यता, पाटन अस्पताल ललितपुरमा भएको परीक्षणमा धादिङका १, धनुषाका १, काठमाडौंका २ जना, ललितपुरका २ जना, महोत्तरीका २ जना र सिन्धुपाल्चोकका १ जना, प्रहरी अस्पतालमा भएको परीक्षणमा काठमाडौंका ११ जनामा संक्रमण देखिएको छ ।

यस्तै, त्रिवि शिक्षण अस्पतालमा काठमाडौंका १ जना, बाराका १, पर्साका १ जना, स्टार अस्पताल ललितपुरमा भएको परीक्षणमा काठमाडौंका १ जना, ललितपुरका २ जना, महोत्तरीका १, रौतहटका १, सर्लाहीका १ जना र बीआईडी ल्याबमा भएको परीक्षणमा काठमाडौंंका १ जनामा संक्रमण पुष्टि भएको छ ।

यता, काठमाडौं मेडिकल कलेजमा धनुषाका १, सिरहाका १ जना, प्रादेशिक क्षयरोग केन्द्रमा बागलुङका २ जना, कास्कीका १ जना र स्याङजाका ८ जनामा संक्रमण देखिएको छ । लुम्बिनी प्रादेशिक अस्पतालमा भएको परीक्षणमा स्याङजाका ८ जना, र भेरी अस्पतालमा बाँकेका १३, दाङका १ जनामा संक्रमण देखिएको छ ।

यस्तै, सुर्खेत प्रयोगशालामा भएको परीक्षणमा सुर्खेतका १० जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कालिकोटका १ जना र डडेल्धुरा अस्पताल प्रयोगशालामा बझाङका ११ जनामा संक्रमण देखिएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment