इलाममा विपत व्यवस्थापन स्वयंसेवक दल गठन


इलाम, २१ साउनः इलाममा दर्शन राइको संयोजकत्वमा २५ सदस्यीय विपत ब्यवस्थापन स्वयंसेवक दल गठन गरिएको छ ।संघीय युवा क्लब संजाल को मिति ०७७ श्रावण ७ गतेको भर्चुअल बैठक को निर्णय अनुसार प्राकृतिक प्रकोप नियन्त्रण तथा रास्ट्र निर्माणका आयामहरुमा प्रत्यक्ष योगदान पुर्याउन चाहने युवा हरुलाइ समेटेर स्वयंसेवक दल गठन गरिएको हो ।
श्रावण २१गते वुधवार संघीय युवा क्लब संजाल स्वयंसेवक एवं संघीय नमुना युवा संसद सदस्य २०७६ सुशान्त चापागाईंको अध्यक्षता तथा जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश प्रसाद बराल को प्रमुख आतिथ्यता तथा इलामका युवा अगुवा रविन्द्र सुवेदीको विषेश उपस्थितिमा गठन गरिएको दलको सचिव भावना मगर , सदस्यहरुमा, पर्वत पराजुली, प्रतिमा रिजाल, डुर्वस थापा, सरोज बराइली, सन्तोष दास,अग्निप्रकाश अधिकारी, सुस्मा राई लगायत रहनुभएको छ । कोरोना भाइरस अर्थात कोभिड १९ को कारण जिल्ला भरिका सबै युवा साथिहरुको उपस्थिति नभएतापनी प्रतिनिधिमुलक हिसाबले सतर्कता अपनाउदै थोरै संख्यामा उपस्थित भएर दल गठन गरिएको हो ।
यस दलले जिल्ला का विभिन्न भुभाग हरुमा आइपरेका प्राकृतिक एवं मानविय विपदहरुमा दलले सकेको सहयोग गर्ने र सहयोग गर्न गराउन समन्वय गर्ने मुख्य काम गर्नेछ र सम्भव भए सम्म चाडै स्थानीय तह हरुमा पनि गठन गर्ने तयारी गरिएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment