कविताः आकाश

चम्किन्छन् तारा टुट्छन् सारा
झरेपछि  टुक्रिन्छन पुरा, जस्तै चुरा 

रातभरी चरा सुतेनन गरेर कुरा
अव, कसरी गर्छन, सपना पुरा ?

भएन सपना पुरा, दुःखी भयो मन
उज्यालो त्यो चन्द्रमाले खुसी भयो मन ।

मुसुक्क हाँस्यो चन्द्रमा रमाए तारा 
खुसी भयो मन फेरीे देखेर सारा ।

देखेर  लाखौँ तारा आउँछ लाखौँ विचार
सुनौलो विहानी सँगै कहाँ जान्छ त्यो विचार ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment