कपिलवस्तुमा कोरोना संक्रमणबाट दोश्रो व्यक्तिको मृत्यु


कपिलवस्तु, ३१ साउन । कपिलवस्तुमा कोरोना भाइरस (काेभिड-१९) संक्रमणबाट दोश्रो व्यक्तिको शनिबार मृत्यु भएको छ । मृत्यु हुनेमा मायादेवी गाउँपालिका– ७ का ४२ वर्षीय रामकुमार चौधरी रहेको स्वास्थ्य कार्यालय श्रोतले जनाएको छ ।

चाैभरी बिरामी परेपछि गत साउन २८ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटलमा उपचार गराउन आफै गएका थिए । उपचारकै क्रममा त्यही उनको मृत्यु भएको हो ।

यसअघि तौलिहवका गल्ला व्यापारीको समेत कोरोना संक्रमणबाट मृत्यु भएको थियो । मृतक चौधरीको यात्रा विवरण नभएको श्रोतले बताएको छ ।

हालसम्म जिल्लामा भाइरस संक्रमितको संख्या ९३५ रहेकोमा त्यसमध्ये  ७९८ जना भने स्वास्थ्यलाभ गरेर घर फर्केकाे जिल्ला स्वास्थ्य कार्यालय, कपिलवस्तुले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment