शुक्रबार साँझ ५ बजेदेखि राति १० बजेसम्म १६ जनालाई सर्पले टोकेको भंगहा नगरपालिकाका मेयर संजीव साहले सबै प्रति स्वास्थ्य लाभको कामना गरेका छन् । मेयर साहको भनाइअनुसार घरमै हुँदासमेत सर्पले टोक्ने गरेको तर सर्प कसैले नदेखेको उनको भनाइ छ ।

टोकेपछि दुख्दा मात्रै सर्पले टोकेको हो भन्ने थाहा हुने गरेको स्थानीयहरूले बताएका छन् । सर्पले टोकेका घाइतेहरुकाे बर्दिबासस्थित सर्पदंश उपचार केन्द्रमा र सर्पदंश उपचार केन्द्र बन्दिपुरमा उपचार भइरहेको छ । उनीहरुकोे स्वास्थ्य अवस्था समान्य रहेको र चिन्ता लिनु पर्ने कुनै विषय नरहेको सर्पदंश उपचार केन्द्र बर्दिवासले जनाएकाे छ ।
यसअघि बिहीबार दिउँसो सोही टोलमै विषालु सर्पले टोक्दा स्थानीय ४५ वर्षीया जैमुन खातुनको मृत्यु भएको थियो । धानखेतमा गइरहेको बेला अचानक सर्पले टोकेपछि उनलाई उपचारको लागि सर्पदंश उपचार केन्द्र बन्दिपुर लग्दै गर्दा बाटोमै मृत्यु भएको थियो ।
0 comments:
Post a Comment