रौतहट : नगरपालिकाका ८ कर्मचारीसहित २४ जनामा कोरोना संक्रमण

रौतहट, ३१ साउन । रौतहटमा समुदायमा संक्रमण देखिने क्रम जारी रहेको छ । शुक्रबार जिल्लामा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएका मध्ये सबैभन्दा बढी गौर नगरपालिकाका रहेका छन् ।

गौर नगरपालिकाका १७ जनामा कोरोना संक्रमण पुष्टि भएको नगरप्रमुख अजय गुप्ताले जानकारी दिनुभयो । उहाँका अनुसार संक्रमित हुनेहरुमा गौर नगरपालिकामा कार्यरत ८ जना कर्मचारी, एकजना संचारकर्मी र एकै परिवारका ५ जना रहेका छन् । संक्रमित पुष्टि भएकाहरुको कन्ट्याक ट्रेसिङ्ग सुरु भइसकेको नगर प्रमुख गुप्ताले जानकारी दिनुभयो ।

यसैगरी परोहा नगरपालिकामा ४ जना र गढीमाई, देवाही गोनाही र चन्द्रपुर नगरपालिकाका एक/एक जनामा संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा शुक्रबारसम्म १ हजार ४१९ जनामा कोरोना संक्रमण पुष्टि भइसकेकोमा १ हजार ३२७ जना संक्रमण मुक्त भइसकेका छन् । जिल्लामा अझैपनि ४ सय जनाको स्वाब परिक्षणको रिर्पोट आउन बाँकी छ भने १ सय ६५ जना क्वारेन्टाइनमा रहेका छन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment