पुनः लकडाउनमा जाने नजाने भन्ने बारेमा प्रधानमन्त्री ओलीले विज्ञहरुसंग भोलि छलफल गर्ने


काठमाडौं, १९ साउन । संघीय राजधानीसहित देशभर कोरोना संक्रमणको जोखिम बढ्न थालेपछि सरकार गम्भीर बनेको छ । जोखिम चुनौतीपूर्ण बन्न सक्ने सम्भावना देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन गर्ने या नगर्ने बारेमा सरोकारवाला निकायका विज्ञहरुसंग छलफल गर्ने तयारी गर्नु भएको छ ।

 ‘भोलि मंगलबार प्रधानमन्त्री ओलीले यस विषयमा जनस्वास्थ्यका क्षेत्रमा काम गर्ने विज्ञहरुसंग छलफल गर्दै हुनुहुन्छ’ बालुवाटार निकट स्रोतले न्यूज २४ लाई बतायो ‘प्रधानमन्त्री ओलीले छलफलको आधारमा नै निर्णय लिनु हुनेछ । ’

प्रधानमन्त्री ओलीले छलफलका लागि कोभिड १९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीमा आवद्ध मन्त्रिपरिषद्का सदस्यहरु ,सचिव , बिभिन्न क्षेत्रका विज्ञहरु र जनस्वास्थ्य क्षेत्रका विज्ञहरुसंग मंगलबार छलफल गर्नु हुने पनि बालुवाटार स्रोतको भनाइ छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment