२४ घण्टा पनि टिकेन इलाम उद्योग वाणिज्य संघको निर्णय, इलाम बजार लकडाउन नहुने

इलाम, १९ साउनः इलाम उद्योग वाणिज्य संघले अरुले बन्द नगरे पनि आफ्नो अगुवाइमा इलाम बजार बन्द गर्ने भनेर गरेको निर्णय २४ घण्टा पनि टिकेन । इलाम बजारमा रहेको शसस्त्रको गणमा र इलाम नगरपालिकाका दुई जना कर्मचारीलाई कोरोना संक्रमण भएको पुष्टी भए सँगै इलाममा पनि कोरोना संक्रमण समुदायमा जाने खतरा वढेको भन्दै आइतबार उद्योग वाणिज्य संघ इलाममले विज्ञप्ती निकाल्दै स्थानीय सरकार र जिल्ला प्रसासन कार्यालयले समन्व नगरे आफ्नो अगुवाइमा बजार बन्दा गर्ने निर्णय गरेको थियो । तर आज (सोमबार) एक विज्ञप्ती निकाल्दै समुदायमा कोरोना नगएको भनेर आफ्नो निर्णयबाट पछि हटेको छ । 
इलाम बजारमा अहिले कोरोना संक्रमणको त्रास वढेको छ । इलाममा रहेको शसस्त्र प्रहरीवलको गणमा कोरोना संक्रमितको संख्या २७ पुगेको छ । गणमा भएका सवैलाई क्वारिनटिनमा राखिएको छ  भने गण नजिक रहेका शिक्षा समन्वय, नापी कार्यालय र मालपोत कार्यालयले पनि सेवा बन्द गरेका छन् । यस्तो अवस्था भइरहँदा पनि स्थानीय सरकार र प्रशासनले जिल्लामा कोरोना संक्रमण समुदायमा नगएको भन्दै आएको छ ।



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता