कोशी अस्पतालमा मृत्यु भएका ७७ बर्षीय एक पुरुषमा कोरोना संक्रमण देखियो


विराटनगर १९ साउन । विराटनगर स्थित कोशी अस्पतालमा विराटनगर ५ का एक ७७ बर्षीय पुरुषको मृत्यु भएको छ ।
सोमबार विहान स्वासप्रश्वासमा समस्या आएपछि अस्पतालमा जचाँउन आएका बलबहादुर थापाको अस्पताल भर्ना गरेर स्वाब लिइएको थियो । उनको उपचारको क्रममा ३ः३० मा मृत्यु भएको अस्पतालले जनाएको छ ।

मृत्यु पछि उनको पीसीआर रिपोर्ट पोजिटिभ आएको सो अस्पतालले जनाएको छ । कोशी अस्पतालमा कोरोनाबाट मृत्यु भएको यो पहिलो घटना हो । उनको मृत्यु पछि परिवारको सहमतिमा नेपाली सेनाको टोलीले शव व्यवस्थापनको जिम्मा लिने कोरोना विशेष उपचार केन्द्रका व्यवस्थापक संयोजक ज्ञानबहादुर बस्नेतले जानकारी दिनु भयो ।
यो प्रदेश १ मा यो दोश्रो मृत्यु हो । यस अघि मोरङको सुनबर्षीका एक पुरुषको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको थियो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता