पछिल्लो २४ घण्टामा ४ सय १८ संक्रमित थपिए, संक्रमितको संख्या २० हजार ७ सय ५० पुग्यो

काठमाडौं, १९ साउन । मुलुकमा थप ४ सय १८ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ४ सय १८ संक्रमित थपिएसंगै नेपालमा संक्रमितको कुल संख्या २० हजार ७ सय ५० पुगेको छ ।
यसैगरी सक्रिय संक्रमितको संख्या ५ हजार ७ सय ३२ छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोशी अस्पताल विराटनगर प्रयोगशालामा झापाका १, मोरङका ३७ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा झापाका ४, मोरङका ९ जना र बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा सुनसरीका ५ जनामा संक्रमण देखिएको छ । गजेन्द्र नारायण सिंह अस्पतालमा भएको सिरहाका ३, सप्तरीका ५१ जना, जनकपुर प्रयोगशालामा सर्लाहीका १ जना, महोत्तरीका ३० जना, धनुषाका ३० जनामा संक्रमण देखिएको छ ।

यता, नारायणी अस्पतालमा भएको परीक्षणमा बाराका ३, पर्साका ७१ जना, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भक्तपुरका १ जना, काठमाडौंका ८ जना, कैलालीका ३५ जना, कञ्चनपुरका ८ जना, रसुवाका १ जनामा संक्रमण पुष्टि भएको छ । यता, शुक्रराज ट्रपिकल अस्पताल टेकुमा भएको परीक्षणमा बाराका १ जना, काठमाडौंका १७ जना, रौतहटका २ जनामा संक्रमण देखिएको छ ।
पाटन अस्पताल ललितपुरमा भएको परिक्षणमा काठमाडौंका ५, ललितपुरका २ जना, भक्तपुरका ४ जना, महोत्तरी १ जना, चितवनका १ जना र गुल्मीका १ जनामा संक्रमण देखिएको छ । प्रहरी अस्पतालमा भएको परीक्षणमा काठमाडौंका २ जना, वीर अस्पतालमा सर्लाहीका १ जना, काठमाडौंका २ जना, त्रिवि शिक्षण अस्पतालमा काठमाडौंका १, दोलखाका १ जना, स्टार अस्पताल ललितपुरमा भएको परीक्षणमा काठमाडौंका ५ जना, ललितपुरका १ जना र बीरेन्द्र अस्पताल छाउनीमा काठमाडौंका ३ जनामा संक्रमण देखिएको छ ।
यस्तै, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कास्कीका ८ जना, प्रादेशिक क्षयरोग केन्द्र पोखरामा भएको परीक्षणमा स्याङजाका १ जना, रुपन्देही प्रयोगशालामा रुपन्देहीका १ जना, भेरी अस्पतालमा बाँकेका ८ जना, बर्दियाका १, दाङका १ जना र कैलालीका १ जनामा संक्रमण देखिएको छ ।
यस्तै, चौरजहारीमा गरिएको परीक्षणमा रुकुम पश्चिमका २ जना, दैलेख अस्पताल दैलेखमा गरिएको परीक्षणमा दैलेखका २ जना, सुर्खेत प्रयोगशालामा भएको परीक्षणमा सुर्खेतका २ जना र सेती प्रादेशिक अस्पताल प्रयोगशालामा भएको परीक्षणमा कञ्चनपुरका ८, कैलालीका ३१, अछामका ४ जनामा संक्रमण पुष्टि भएको छ ।यसैगरी हालसम्म १० हजार ४ सय ५२ जना क्वारेन्टाइनमा छन् भने आइसोलसनमा ५ हजार ७ सय ३२ जना छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता