विराटनगर काेराेनाकाे उच्च जोखिममा : प्रदेश १ काे उच्च पदाधिकारीसहित १८ जनामा कोरोना संक्रमण


विराटनगर,  १९ साउन । प्रदेश १ का उच्च पदाधिकारी र उनका परिवारसहित विराटनगरमा १८ जनामा कोरोना संक्रमण देखिएको छ । उच्च ओहोदाका व्यक्ति सहित उनकी पत्नी र छोरालाईसमेत कोरोना पुष्टि भएको प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले जनाएको हो ।
प्रदेश सरकार सामाजिक विकास मन्त्रालयलका अनुसार प्रदेश १ का मुख्य न्यायाधीवक्तामा चूडामणि आचार्यमा नै संक्रमण पुष्टि भएको छ । यसैगरी प्रदेश प्रहरी कार्यालय विराटनगरका थप ७ जना प्रहरी कर्मचारीमा कोरोना पुष्टि भएको छ ।
प्रदेश १ मा उच्च ओहोदामा पहिलो पल्ट कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु सवैको कोशी अस्पताललको प्रयोगशालामा गरिएको परीक्षणमा रिपोर्ट पोजिटिभ आएको सो अस्पतालले जनाएको छ । यसरी उच्च ओहोदाका व्यक्तिमा कोरोना संक्रमण भएपछि विराटनगरमा कोरोनाको अवस्था भयावह भएको पाइन्छ ।
सरकारका उच्च ओहोदाका संक्रमित व्यक्तिसँग धेरै जना सरकारका पधादिकारीहरु सम्पर्कमा आएको हुन सक्ने भएकाले सम्पर्कमा आएकाहरुको पनि पीसीआर टेष्ट गर्नुपर्ने भएको छ ।
यसैगरी कोशी अस्पतालमा कार्यरत दुई जना र विराट मेडिकल कलेजमा कार्यरत एक जना साथै विराटनगर महानगरपलिकाका वडा नं. ७ र ६ मा संक्रमितहरु फेला परेका छन् ।
यसरी जताततै कोरोना संक्रमीत भेटिन थाले पछि कोरोना समुदाय स्तरमा नै फैलिन थालेको विराटनगर महानगरपालिकाका जनस्वास्थ्य महासाखा प्रमुख रमेश कार्कीले जानकारी दिनुभयो ।
उहाँले महानगरले कोरोना संक्रमण नियन्त्रणका लागि विराटनगर क्षेत्रमा लकडाउन गरेको र नगरवासीहरु कसैमा कुनै किसिमको लक्षण देखिए समस्या आएमा तुरुन्त स्वास्थ्य कार्यालयमा सम्पर्क गर्न आग्रह गर्नु भएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता