वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका २ चिकित्सक सहित ३ जनामा कोरोना संक्रमण


सुनसरी, २५ साउन । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत २ चिकित्सक सहित ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रतिष्ठानको नाक कान घाटी विभागमा कार्यरत एक पुरुष चिकित्सक तथा बायोकेमेष्ट्रिक विभाग १ चिकित्सक र उनको श्रीमतीमा कोरोना पुष्टि भएको प्रतिष्ठानका प्रवक्ता प्राध्यापक डाक्टर निदेश सापकोटाले जानकारी दिनुभयो ।

संक्रमित दुवै अवस्था समान्य रहेको छ । दुवै जनाले आफुलाई कोभिड १९ को शंका लागेर पिसिर टेष्ट गरेका थिए । परीक्षणका लागि स्वाब संकलन गरे संगै उनीहरु आइसोलेसनमा बसेको प्रवक्ता सापकोटाले जानकारी दिनुभयो । प्रवक्ता डा.सापकोटाका अनुसार उनीहरुको कन्ट्याक ट्रेसिङको काम भइरहेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment