कोरोना संक्रमित देखिए संगै इलामको आइतबारेबाजार शिल



इलाम, २२ साउनः इलामको  सूर्योदय नगरपालिकामा रहेको आइतबारेबजारमा  बुधबार  एक जनामा कोरोना संक्रमण देखिए पछि आइतबारे बजार शिल भएको छ । मेचीराजमार्ग सँगै जोडिएको पुरानो आइतबारे बजारमा लगभग ५० घर रहेको र कोरोना संक्रमित त्यही भेटीएको हुनाले पनि बजार शिल गरिएको तिनघरे प्रहरीले जानकारी गराएको छ ।  
घरविदामा इलामको सूर्योदय नगरपालिका आइतबारेमा आएका एक शसस्त्र प्रहरीमा कोरोना पोजेटीप देखिएको थियोे । उनी केहीदिन अघि घर विदामा आएको र घरमै क्वारेन्टीमा रहेका स्वास्थ्य कार्यालय इलामका कोरोना फोकल पर्सन बिमल बरालले जानकारी गराउनुभयो । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment