निगमले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य

 काठमाडौं, ३२ साउन । नेपाल नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ । निगमले आइतबार विज्ञप्ती जारी गरी अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेको जनाउँदै प्रतिलिटर १ रुपैयाँ बढाइएको जनाएको हो ।

आइतबार राति १२ बजेदेखि लागू हुनेगरी डिजेल, मटितेल र पेट्रोलमा प्रतिलिटर १/१ रुपैयाँ बढाउने निर्णय गरेको निगमले जनाएको छ । जारी विज्ञप्तीमा भनिएको छ, ‘इण्डियन आयल कर्पोरेसन्सले पठाएको नयाँ मूल्यसूचीअनुसार मूल्य केही हेरफेर भएको छ ।’

मूल्य समायोजनपछि पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १०५ रुपैयाँ, डिजेल र मटितेल ९१/९१ रुपैयाँ कायम गरिएको छ । त्यसोत, केही समय अगाडि मात्रै पनि निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो ।

यता खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment