काठमाडौं उपत्यकामा थप १ सय ७२ जनामा संक्रमण, हालसम्मकै सबभन्दा बढी संक्रमित

 काठमाडौं, ३२ साउन । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ सय ७२ संक्रमित फेला परेका छन् । यस अघि बुधबार १ सय ३८ जनामा र गत मंगलबार १ सय ३४ जनामा संक्रमणको पुष्टि भएको थियो ।

यस्तै बिहीबार १ सय २७ संक्रमित थपिएका थिए भने शुक्रबार १ सय १९ संक्रमित थपिएका थिए । यस अघि हिजो शनिबार काठमाडौं उपत्यकामा ९८ संक्रमित थपिएका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ सय ७२ संक्रमित थपिएका हुन् । यो हालसम्मकै काठमाडौं उपत्यकामा एकैदिन देखिएको सबैभन्दा बढी संक्रमितको संख्या हो ।

जसमध्ये काठमााडौंमा मात्र १ सय २६ संक्रमित थपिएका छन् भने ललितपुर ३८ संक्रमित थपिएका छन् । यस्तै भक्तपुरमा ८ जना संक्रमित देखिएका छन् । योसंगै काठमाडौं उपत्यकामा संक्रमितको कुल संख्या एक हजार ९ सय ७२ पुगेको छ । मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा काठमाडौंका १७ जनामा संक्रमण देखिएको छ । यस्तै शुक्रराज ट्रपिकल अस्पताल टेकुमा भएको परीक्षणमा भक्तपुरका १ जना, काठमाडौंका २४, ललितपुरका २ जनामा संक्रमण देखिएको छ ।

नेपाल कोरिया मैत्री अस्पतालमा काठमाडौंका ४ जनामा संक्रमण देखिएको छ । यस्तै, पाटन अस्पताल ललितपुरमा भएको परीक्षणमा भक्तपुरका १ जना, काठमाडौंका ९ जना, ललितपुरका २७ जनामा संक्रमण देखिएको छ । उता एपीएफमा काठमाडौंका ३ जना, त्रिवि शिक्षण अस्पतालमा भएको परीक्षणमा भक्तपुरका ३, काठमाडौंका २९, जनामा संक्रमण देखिएको छ । यता स्टार अस्पताल ललितपुरमा भएको परीक्षणमा भक्तपुरका २ काठमाडौंका ९, ललितपुरका ६ जनामा संक्रमण देखिएको छ ।

वीर ल्याब काठमाडौंमा काठमाडौं ६, ललितपुरका १ जनामा संक्रमण देखिदा बी एण्ड बी अस्पतालमा ललितपुरका १ जना र सोर्या हेल्थ केयर काठमाडौंमा काठमाडौंका ६ जनामा संक्रमण देखिएको छ । यस्तै ह्याम्स अस्पतालमा भक्तपुरका १ जना, काठमाडौंका १९, ललितपुरका १ जनामा संक्रमण देखिएको छ । योसँगै काठमाडौंमा संक्रमितको कुल संख्या १ हजार ५ सय ७१ , ललितपुरमा २ सय ४७ र भक्तपुरमा १ सय ३३ संक्रमित गरी उपत्यकामा संक्रमित हुनेको संख्या कुल संख्या १ हजार ९ सय ७२ पुगेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment