विराटनगरमा स्वाब संकलनमा खटिएका चिकित्सकलाई कोरोना संक्रमण,स्वाब संकलन कार्य रोकियो

विराटनगर, ३२ साउन । विराटनगर महानगरपालिकामा स्वाब संकलनमा खटिएका एक जना चिकित्सकलाई आइतबार कोरोना संक्रमण पुष्टि भएपछि स्वाब संकलन कार्य रोकिएको छ ।

संगै खटिएका अन्य सवै स्वास्थ्यकर्मीको पीसीआर रिपोर्ट आएपछि सेवा सञ्चालन गर्ने महानगरपालिकाका जनस्वास्थ्य निरिक्षक राजेन्द्र कुइकेलले जानकारी दिनु भयो । उहाँले स्वाब संकलन गर्न खटिएका एउटै समुहका चिकित्सकलाई संक्रमण देखिए पछि केहि समयका लागि स्वाब संकलन गर्न रोकिएको बताउनु भयो ।

स्वाब संकलनमा खटिएका चिकित्सकलाई ज्वरो आउने र कोरोनासंग मिल्दो जुल्दो लक्षण देखिन थालेपछि स्वाब टेष्ट गरिएको थियो । रिपोर्ट पोजेटिभ आएपछि संगै काम गर्नेहरु सवैको परीक्षण गरिने भएको छ ।

विराटनगर महानगरपालिकामा समुदायमानै संक्रमण फैलिसकेको छ । दिनहुँ जसो संक्रमितहरु थपिने क्रम बढ्दो रहेकाले भयावह स्थिति आउने देखिन्छ ।

एक जना चिकित्सकमा संक्रमण देखिए पछि सवै स्वास्थ्य महाशाखाका कर्मचारी क्वारेन्टाइनमा बसेका छन् । विराटनगर महागरपालिकामा ५ सय ६६ संक्रमितहरु छन् भने ७ जनाको मृत्यु भई सकेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment