इलामको सूर्योदयमा क्वारेन्टीनमा रहेका एक पुरुषको मृत्यु

इलाम, १ भदौँः  इलामको सूर्योदय नगरपालिकाको करफोक विद्या मन्दिरमा रहेको क्वारेन्टीनमा बसेका एक व्यक्तिको मृत्यु भएको छ । उनको गए राती ११ बजेतिर मृत्यु भएको हो । सूर्योदय नगरपालिका वडा नं. ९ का २२ वर्षका युवाको क्वारेन्टाइनमा मृत्यु भएको सूर्योदय नगरपालिकाले जानकारी गराएको छ  । उनी साउन २६ गते भारतको हैदरवादबाट आएर क्वारेन्टाइनमा बसेका थिए । 

क्वारेन्टाइनमा रहेका उनी आइतबार बिरामी परेका थिए । उनको प्राथामिक स्वास्थ्य चौकीका चिकित्सकले क्वारेन्टाइनमानै उपचार गराएका थिए । मृतकमा स्वास प्रस्वासको समस्या देखिएको थियो ।

मृतको पिसिआर परिक्षणको रिपोर्ट आइसकेको छैन । साउन ३० गते उनको स्वाब परिक्षणका लागि पठाइए जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन बिमल बरालले बताए । 



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment