पाटन अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

काठमाडौं, ३२ साउन । पाटन अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय ललितपुरले एक विज्ञप्ती जारी गर्दै आइतबार साँझ काठमाडौं निवासी ६० वर्षीय पुरुषको मृत्यु भएको जानकारी दिएको छ ।

उनले १२ दिनदेखि अस्पतालमा उपचार गराइरहेका थिए । उनी साउन २० गते पाटन अस्पतालमा भर्ना भएका थिए । गंगालाल अस्पतालमा मुटुको अपरेशन गरेपछि ती पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको थियो ।

यो सँगै पाटन अस्पतालमा कोभिड १९ संक्रमणबाट ६ जनाको मृत्यु भइसकेको छ । आइतबार स्वास्थ्य मन्त्रालयले हालसम्म १०४ जनाको मृत्यु भएको जनाएको थियो ।

आइतबार मात्रै देशभर ६ सय ४१ संक्रमित थपिएका छन् भने काठमाडौं उपत्यकामा मात्रै १ सय ७२ थपिएका छन्।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment