मेयर, चिकित्सक र पत्रकारसहित पर्सामा थप ९२ जनामा काेराेना संक्रमण

वीरगंज, १ भदौ । पर्सामा आज थप ९२ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । पर्साको पोखरिया नगरपालिकाका मेयर दिपनारायण रौनियार, चिकित्सक र पत्रकार सहित ९२ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

साउन २६ गते वीरगन्ज– ११ श्रीपुरमा गरिएको स्वाब संकलनमा ११ जना र साउन २७ मा त्रिजुद्ध स्कुलमा गरिएको स्वाब संकलनमा २७ जनामा कोरोना पुष्टि भएको हो ।

साउन २६ गते पाेखरिया नगरपालिकाका मेयर रौनियारसहित ३४ जनाको स्वाब संकलन गरि पिसिआर परीक्षण गर्न पठाइएकाे काेराेना रिपाेर्ट आइतबार साँझ ३३ जनाको पोजिटिभ आएको छ ।

कोरोना संक्रमीत हुनेमा मेयर दिप नारायण रौनियार, वडा नं. ४ का वडाध्यक्ष लक्ष्मण साह कानु, पोखरिया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.अनिल यादव, अस्पतालका अन्य २ डाक्टर, २ नर्ससहित ४ जना स्वास्थ्यकर्मी रहेका छन् ।

यस्तै मेयर रौनियारका परिवारका सबै सदस्यसहित स्वकिय सचिव राजु रौनियार र गाडीका चालक पनि कोरोना संक्रमित भएका छन् । मेयर रौनियारलाई ज्वारो र खोकी लागेपछि उनी आफूसहित आफ्नो परिवारको सबै जनाको कोरोना परिक्षणको लागि स्वाब संकलन गराएका थिए ।

७ दिनपछि प्राप्त रिपोर्ट सबै जनाको कोरोना पोजिटिभ आएपनि मेयर रौनियारको ज्वारो र खोकी निको भइसकेको छ । स्वाब दिएको दिनदेखी उनी आफ्नो सम्पूर्ण परिवारसहित होम आइसोलेसनमा बस्दै आएका थिए ।

यस्तै वीरगञ्ज महानगरपालिकाका ३८ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै जगरनाथपुर गाउँपालिकामा ४ स्वास्थ्यकर्मीसहित १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उक्त गाउँपालिकामा साउन २७ मा स्वाब संकलन गरिएको थियो ।

सखुवाप्रसौनी गाउँपालिकामा ६ जनामा कोरोना पोजेटिभ देखिएको छ । त्यहाँ साउन २६ मा स्वाब संकलन गरिएको थियो । साउनमा मात्र जिल्लामा १ हजार १२०० जना भन्दा बढि कोरोना संक्रमित भेटिएका छन् ।

पर्सामा कोरोनाका कारण उपचार पछि ३३४ जना घर फर्केका छन भने हाल सम्म २१ जनाकाे मृत्यु समेत भइसकेकाे छ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment