धरानमा एकैदिनमा १३ जनामा संक्रमण : नर्समका आमाबुबा, भाइ र छोरालाई पनि सक्रमण

सुनसरी, १ भदौ । सुनसरीको धरानमा कोराना सक्रमितको संख्या दैनिक वढिरहेकाे छ । धरानमा सोमबार आज एकैदिन १३ जनामा कोरानो सक्रमण पुष्टि भएको छ ।

१३ जना मध्ये ९ जना समुदाय स्तरका हुन् भने ४ जना वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत नर्सका परिवार हुन् ।प्रतिष्ठानको एमआसियुमा कार्यरत नर्समा पोजेटिभ देखिएपछि उनको परिवारको पिसिआर टेष्ट गर्दा उनका बुबा, आमा, भाइ र छोराको पनि संक्रमण देखिएको छ ।

धरान ८ स्थित औद्योगिक क्षेत्रमा रहेका प्रिती भल्व एण्ड फिट्ङिस इण्डट्रिज प्रालिवाट समुदायमा फैलिएको कारोना अहिलेसम्म धरानमा ९२ जना संक्रमित भएका छन् ।

धरानमा सोमबार वडा नं १० की ५० वर्षीया महिला र ७७ वर्षीया महिला वडा नं १८का ३० बर्र्षीय पुरुष र २७ बर्षिया महिलामा सक्रमण देखिएको छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानधरानको प्रयोगशालामा गरिएको परीक्षणमा वडा नं १५ का १९ वर्षीया, ३९ वर्षीया महिला, वडा नं १९ का ३९ वर्षीय पुरुष, वडा नं १७ की ३९ वर्षीया महिला, र वडा नं ९की २४ वर्षीया महिलामा कोराना संक्रमण देखिएको हो ।

धरानमा समुदायस्तरमा सक्रमण फैलिएको बन्दै लकडाउन थप गर्ने तयारी भइरहेका उपमहानगर पालिकाले जनाएको छ । धरानमा भदौ ३ गते सम्मको लागी घोषणा गरको लकडाउन थपहुने मेयर तिलक राईले संकेत गरेका छन् । उनले सक्रमितको संख्या समुदाय स्तरमा बढिरेहेको कारण लकडाउन थप्नु सबै तिरवात सुझाव आएको बताएउँदै कार्यपालिका बैठक वसेर निर्णय गर्ने वताए ।

अत्यावश्व सेवा सहजिकरण गर्दै धरान प्रवेश नाकामा समेत कडाई गरिने उनले वताए । औषधी र स्वास्थ्य सेवा वाहेक सबै बन्द गर्दै सुरु भएकोधरानको लक डाउन प्रवेश नाकामा कडाई गर्दै अत्यावश्यक सेवाहरुमा सहजिकरण गरि पुन लक डाउन गर्न सकिने मेयर राईको भनाई छ । यता सुनसरी जिल्ला प्रशासन कार्यलयले भने भदौ ७ गते सम्म निषेधाज्ञा जारी गरेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment