पछिल्लो २४ घण्टामा ३ सय ७८ संक्रमित थपिए, संक्रमितको संख्या २२ हजार ५ सय ९२ पुग्यो


काठमाडौं, २४ साउन । मुलुकमा थप ३ सय ७८ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ३ सय ७८ संक्रमित थपिएसंगै नेपालमा संक्रमितको कुल संख्या २२ हजार ५ सय ९२ पुगेको छ ।

मन्त्रालयका अनुसार कोशी अस्पताल विराटनगर प्रयोगशालामा मोरङका २२ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा मोरङका २६ जना रपशुपंक्षी रोग अन्वेषण केन्द्र विराटनगरमा सप्तरीका १ जनामा संक्रमण देखिएको छ । बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा महोत्तरीका २, सुनसरीका १० जना, जनकपुर प्रयोगशालामा धनुषाका १६ जना, महोत्तरीका १४ जना, सर्लाहीका ३२ जना र भरतपुर अस्पताल भरतपुरमा चितवनका २ जना, पर्साका १, सर्लाहीका १ जनामा संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालमा भएको परीक्षणमा बाराका २ जना, पर्साका ५३ जना, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा काठमाडौंका ४ जना र किटजन्य प्रयोगशाला हेटौंडामा बाराका ४, मकवानपुरका ६ जना, रौतहटका ३, सर्लाहीका ३, सिन्धुलीका १ जनामा संक्रमण देखिएको छ । यस्तै, धुलिखेल अस्पतालमा भएको परीक्षणमा काभ्रेका ७ जना, रामेछापका ४ जना,नेपाल कोरिया मैत्री अस्पतालमा भक्तपुरका ३ जना, कञ्चनपुरका १, काठमाडौंका २, मोरङ र पर्साका १÷१ जना, बागलुङका १३ जनामा संक्रमण देखिएको छ ।

यस्तै, पाटन अस्पताल ललितपुरमा भएको परीक्षणमा बाराका १, धादिङका १, धनुषाका २, काठमाडौंका ५, सिन्धुलीका १ जना र ललितपुरका ३ जनामा संक्रमण पुष्टि भएको छ । यता, प्रहरी अस्पतालमा भएको परीक्षणमा काठमाडौंका २९ जना, वीर अस्पतालमा धनुषाका २ जना, दोलखाका २, काठमाडौंका १ जना, महोत्तरीका १, नुवाकोटका १, रामेछाप र रौतहटका १ ÷१ जनामा समेत कोरोना देखिएको छ ।

त्रिवि शिक्षण अस्पतालमा भएको परीक्षणमा धादिङका १, काठमाडौंका १ जना, यता, स्टार अस्पताल ललितपुरमा भएको परीक्षणमा काठमाडौंका १२ जना, वीर ल्याब काठमाडौंमा काठमाडौंका २ जनामा संक्रमण देखिएको छ । यता, प्रादेशिक क्षयरोग केन्द्र पोखरामा भएको परीक्षणमा कास्कीका ३ जना, म्याग्दीका १, स्याङजाका ७ जना, भेरी अस्पतालमा बाँकेका ४९, रुकुम पश्चिमका १ जना र बर्दियाका १ जना र चौरजहारीमा गरिएको परीक्षणमा जाजरकोटका १ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै, सुर्खेत प्रयोगशालामा भएको परीक्षणमा सुर्खेतका ३ जना, डडेल्धुरा अस्पताल डडेल्धुरामा बझाङका ३ जना र सेती प्रादेशिक अस्पताल प्रयोगशालामा भएको परीक्षणमा कैलालीका ४ जना र कञ्चनपुरका ३ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment