नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७३ पुग्यो : स्वास्थ्य मन्त्रालय

काठमाडौं, २४ साउन । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७३ पुगेको छ । पर्साका १ जना, मोरङका १ जना र काठमाडौंका १ जनाको मृत्युभएसँगै संख्या ७३ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पर्सा जिल्ला वडा नम्बर ३ छपकैयाका ७४ वर्षीय पुरुषको साउन २३ गते गण्डक अस्पतालमा निधन भएको हो ।

उहाँ मधुमेह र दमका बिरामी हुनुहुन्थ्यो । यता, मोरङ जिल्ला विराटनगर महानगरपालिका वडा नम्बर ९ बस्ने ५८ वर्षीय पुरुषको साउन २३ गते बिहान कोशी अस्पतालमा मृत्यु भएको छ ।

उहाँ उच्च रक्तचाप, निमोनिया र ज्वरो आएपछि सप्तकोशीमा उपचाररत हुनुहुन्थ्यो । अवस्था जटिल भएपछि कोशी अस्पताल रिफर गरिएको थियो । काठमाडौंको टोखा ६ बस्ने ४१ वर्षीया महिलाको साउन २३ गते पाटन अस्पतालमा मृत्यु भएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment