सबै उद्धार उडान रद्द गर्न सीसीएमसीको निर्देशन, विदेशीस्थित दूतावासहरुलाई गरियो पत्राचार

 

काठमाडौं, १ भदौ । कोभिड संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी०ले सबै उद्धार उडान रद्द गर्न निर्देशन दिएको छ। सीसीएमसीले सबै उडानहरु रद्द गर्नका लागि विदेशस्थित दूतावासहरुलाई पत्राचार समेत गरेको छ ।

विदेशमा कोरोनाका कारण अप्ठ्यारोमा परेका नेपालीहरुको उद्धार स्थगित गर्न सिसिएमसीले दूतावासहरुलाई पत्राचार गरेपछि दूतावासहरुले उडान स्थगित भएको सूचना जारी गरेका छन्।

मलेसिया, साउदी, कुवेत लगायत मुलुकस्थित नेपाली दूतावासले सिसिएमसीको पत्राचार अनुसार अर्को सूचना जारी नहुँदासम्मका लागि सबै चार्टर्ड उडानहरु स्थगित भएको उल्लेख गरेका छन्।

नेपालमा पछिल्लो समयमा कोरोना संक्रमणको बढ्दो अवस्था, विभिन्न स्थानीय तहहरूले निषेधित क्षेत्र घोषणा गर्ने बढ्दो क्रम रहेको भन्दै अर्को सूचना जारी नभएसम्मका लागि भन्दै उडान स्थगित गर्न सीसीएमसीले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको हो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment