कोरोना भाइरस संक्रमणबाट नेपाली काँग्रेस नवलपरासी जिल्ला उपसभापति गिरीको मृत्यु

काठमाडौं, ०२ साउन । कोरोना भाइरस संक्रमणबाट नेपाली कांग्रेस नवलपरासी जिल्ला उपसभापति सुवाशचन्द्र गिरीको मृत्यु भएको छ । उपसभापति गिरीको उपचारको क्रममा पाटन अस्पताल ललिपुरमा मंगलबार बिहान मृत्यु भएको हो । ३८ वर्षीय गिरीको केहिदिन पहिल्ये बुटवलस्थित कोरोना अस्पतालमा गरिएको पीसीआर परीक्षणमा कोरोना भाइरस पोजेटिभ रिपोर्ट आएको थियो ।

त्यसपछि गत साउन ३० गते उहँलाई पाटन अस्पताल रेफर गरिएको थियो । पाटन अस्पतालमा भेन्टिलेटरको सहायतामा उपचार भइरहेको अवस्सथामा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । उनलाई गएरातिबाटै स्वासप्रश्वसमा समस्या देखिएको उपचारमा संलग्न चिकित्सकहरुकाे भनाइ छ ।

यसअघि नै उहाँको युनिभर्सल मेडिकल कलेज भैरहवामा पित्तथैलीको पत्थरीको शल्यक्रिया भएको थियो । नवलपरासी सुस्ता पश्चिमका गिरी तत्कालीन फोरम लोकतान्त्रिकका नेता हुनुहुन्थ्याे । तर कांग्रेस र फोरम लोकतान्त्रिकको एकीकरणपछि उहाँ नेपाली कांग्रेस नवलपरासी जिल्ल उपसभापति बन्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment