एकै दिन अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित थपिए, देशभर १ हजार १६ जनामा संक्रमण देखियो

काठमाडौं, २  मुलुकमा थप १ हजार १६ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार १६ संक्रमित थपिएसंगै नेपालमा संक्रमितको कुल संख्या २८ हजार २ सय ५७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मन्त्रालयका अनुसार प्रदेशको १ को झापामा २१, खोटांगमा १ जना, मोरङमा १०८ जना, ओखलढुंगामा १ जना, पाँचथरमा १ जना, सुनसरीमा ८ जना, उदयपुरमा २ जना र संखुवासभामा ३ जनामा संक्रमण देखिएको छ ।

यस्तै, प्रदेश २ को बारामा ४२ जना, धनुषामा ६४ जना, महोतरीमा २४ जना, पर्सामा १२८ जना, रौतहटमा ३७ जना, सप्तरीमा ३ जना, सर्लाहीमा १०७ जना, सिराहामा १६ जनामा संक्रमण पुष्टि भएको छ ।

यता, वागमती प्रदेशको भक्तपुरमा १७ जना, चितवनमा ४९ जना, धादिंगमा २ जना, दोलखामा २ जना, काठमाडौँमा १३८ जना, काभ्रेपलान्चोकमा २१ जना, ललितपुरमा ५० जना, मकवानपुरमा ३० जना, सिन्धुलीमा १ जना, सिन्धुपाल्चोकमा ३ जनामा संक्रमण देखिएको छ ।

यस्तै, गण्डकी प्रदेशको बाग्लुङमा ३ जना, गोरखामा २ जना, कास्कीमा १६ जना, लमजुङ्गमा १ जना, नवलपरासीमा पूर्व ४ जना, स्यांङजामा १ जना, तनहुँमा २ जनामा संक्रमण देखिएको छ ।

यता, प्रदेश ५ को बाँकेमा ६ जना, बर्दियामा ९ जना, दाङ्मा १ जना, कपिलबस्तुमा १९ जना, नवलपरासी पश्चिममा १ जना, रोल्पामा १ जना र रुपन्देहीमा १४ जनामा संक्रमण देखिएको छ ।

यस्तै, कर्णाली प्रदेशको दैलेखमा ५ जना, रुकुम पश्चिममा १ जना र सुर्खेतका १ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, सुदूरपश्चिम प्रदेशको दार्चुलामा २ जना, डोटीमा ४६ जना, कैलालीमा १ जना, कञ्चनपुरमा १ जनामा संक्रमण देखिएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment