म्युजिक भिडियोमा राष्ट्रिय झण्डा जलाउने पात्र प्रहरीको खोरमा

 काठमाडौं, २ भदौ । हिजो मात्रै युट्यूवमा अपलोड गरिएको ¥याप जान्राको ‘देशद्रोही’ गीतको भिडियोको सामाजिक सञ्जालमा चर्को विरोध भइरहेको छ ।

मंगोल हप अफिसियल युट्युव च्यानलमार्फत सार्वजनिक ‘देशद्रोही’ गीतको भिडियोमा नेपालको राष्ट्रिय झण्डा जलाइएको दृश्यलाई प्रस्तुत गरिएको छ । सोही, कारण उक्त गीतको सामाजिक सञ्जालमा चर्को विरोध भइरहेको हो ।

यसैबीच महानगरीय अपराध महाशाखा, काठमाडौंको टोलीले राष्ट्रिय झण्डा जलाएको आरोपमा एक जनालाई आज नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएको व्यक्तिको नाम भने खुलाइएको छैन ।

अहिले यस विषयमा थप अनुसन्धान भइरहेको अपराध महाशाखाले जनाएको छ । राष्ट्रिय गान र राष्ट्रिय झण्डालाई अपमान र क्षति गर्न मुलुकी अपराध संहिताले निषेध गरेको छ ।

तर, त्यस्तो कसुर गर्नेलाई तीन वर्षसम्म कैद सजाय र ३० हजार रुपैयाँसम्म जरिवाना तथा दुवै हुने व्यवस्था रहेको अपराध महाशाखाले् जनाएको छ । युट्यूवमा नेपालको राष्ट्रिय झण्डा अपमान गर्दै जलाइएको दृश्य प्रस्तुत गरिएको म्युजिक भिडियो अपलोड भएसँगै तत्काल ‘एक्सन’ लिन प्रहरीलाई सबैले आग्रह गरेका थिए ।

जानकारी अनुसार उक्त गीतको भिडियो मकवानपुरको बागमती गाउँपालिकास्थित एक विद्यालयको प्रांगनमा छायाङ्कन गरिएको हो ।

यसरी राष्ट्रय झण्डाको अपमान गर्दै जलाएपछि सोसल मिडिया फेसबुक, ट्वीटरलगायतका सामाजिक सञ्जालमा ‘आज देशको झण्डा जलाउँदै गीत गाए । भोलि देश नै जलाएर गीत गाउलान । पर्सि त देश नै नरहला ।’ भन्दै चर्को विरोध भइरहेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment