प्रदेश १ मा १ सय ३८ संक्रमित थपिए, ६४ जना डिस्चार्ज

विराटनगर ३० भदौ । प्रदेश १ मा मंगलबार १ सय ३८ संक्रमित थपिएका छन् भने ६४ जना डिस्चार्ज भएका छन् । मोरङमा १ सय ८, सुनसरीमा २२, झापामा २, संखुवासभा, पाँचथर, ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिर ३ जना रहेका सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा ७० जनामा संक्रमण देखिएका छ । संक्रमण देखिएकामा २८ महिला र ४२ जना पुरुष रहेका छन् । मोरङको कटहरीमा ३ महिला ११ पुरुष, बुढीगंगामा ६ महिला ६ पुरुष, सुन्दरहरैचामा २ महिला १ पुरुष, पथरीशनिश्चरे र जहदामा २–२ पुरुष, रंगेली, उर्लाबारी र बेलबारीमा १–१ महिला, स्थानीय तह नखुलेका २ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


सुनसरीको दुहवीमा ३ महिला ११ पुरुष, धरानमा ३ महिला १ पुरुष, इटहरीमा २ पुरुष, देवानगञ्ज र स्थानीय तह नखुलेका १–१ पुरुष, झापाको दमकमा १ पुरुष, मेचीनगरमा १ महिला, संखुवासभामा १ पुरुष, ताप्लेजुङका १ पुरुष, पाँचथरको फिदिमका १ पुरुष र प्रदेश १ बाहिरका २ महिला १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ हजार ९ सय ६७ पुगे संगै २ हजार १ सय ४२ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४९ पुगेको छ भने १२ जना प्रदेश वाहिरका रहेको सामाजिक विकास मंत्रालयले जनाएको छ ।

प्रदेश १ मा मंगलबार १ हजार ७ सय ७४ जनाको पीसीआर परीक्षण भएको छ । परीक्षण भएका मध्ये ५२ महिला र ८६ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा हाल सम्म १ लाख १० हजार ७ सय ९० जनाको पीसीआर परीक्षण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा सवैभन्दा बढी संक्रमित भएको जिल्ला मोरङ हो जस्मा २ हजार ३ सय २० जना संक्रमित रहेका छन् । त्यस्तै झापामा ७ सय ३६ , सुनसरीमा १ हजार ३ सय ३६ रहेका छन् भने उदयपुरामा १ सय २६ रहेका छन् ।

यसैगरी इलाममा ९१ ,खोटाङमा २३ , ओखल्ढुङगामा २४ , धनकुटामा ४६ , तापलेजुङमा १४, तेह्रथुममा २८ ,सोलुखुम्बुमा ८ , पांचथर २८, भोजपुरमा २१ ,संखुवासभामा ७५ र अन्य ९१ जना रहेका समाजिक विकास मंत्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment