एकाबिहानै सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ६ रिक्टरस्केलको भूकम्प


काठमाडाैं, ३१ भदौ । काठमाडौं उपत्यका र यसको आसपास भुकम्पको धक्का महसुस गरिएको छ । बुधबार बिहान ५ः१९ बजे काठमाडौंबाट उत्तरपूर्वतिर ६३ किलोमिटर टाढा केन्द्र बनाएर १० किलोमिटर गहिरो भुकम्प महसुस गरिएको हो ।

राष्ट्रिय भूकम्प मापदन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रबिन्दु भएर ६ रिक्टरस्केलको भूकम्प गएको छ । केन्द्रले सिन्धुपाल्चोकको राम्चेलाई केन्द्र बनाएर बिहान ५ः१९ बजे भुकम्प महसुस गरिएको जनाएको छ ।

यता युरोपियन मेडिटेरियन सिस्मोलोजिकल सेन्टरले नेपाल र चीनको सीमाना नजिकै ५.५ म्याग्नीच्युडको भूकम्प गएको जनाएको छ ।



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment