प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ सय ५५ संक्रमित थपिए

विराटनगर, २४ भदौ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ सय ५५ कोरोना संक्रमित थपिएका छन् भने ५५ जना डिस्चार्ज भएका छन् । मोरङमा ८०, सुनसरीमा ६०, भोजपुरमा ५, धनकुटामा ४, झापामा ३, ताप्लेजुङ, उदयपुर र प्रदेश १ बाहिरका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा ७० जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा ३० महिला र ४० पुरुष छन् । मोरङको लेटाङमा १ महिला ३ पुरुष, पथरीशनिश्चरेमा ३ पुरुष, उर्लाबारी र सुन्दरहरैचामा १–१ पुरुष, ग्रामथानमा १ महिलाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उता सुनसरीको धरानमा १३ महिला ९ पुरुष, इटहरीमा ९ पुरुष १३ महिला, इनरुवामा ४ महिला १२ पुरुष, भोजपुरको षडानन्दमा १ महिला ४ पुरुष, धनकुटाको चौविसेमा १ महिला २ पुरुष, धनकुटा नगरपालिकामा १ पुरुष, झापाको कमलगाउँपालिका र कनकाईमा १–१ पुरुष, शिवसताक्षीमा १ महिला, ताप्लेजुङको मेरिङदेनमा १ महिला, उदयपुरको त्रियुगामा १ पुरुष र प्रदेश १ बाहिरका १ महिलामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ हजार ४ सय १२ पुगेको छ । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार ९ सय ४८ पुगेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment