काठमाडौं उपत्यकामा भदौ ३१ सम्म कायम राखिएको निषेधाज्ञामा के गर्न पाइन्छ के गर्न पाइन्न ?

काठमाडौं, २४ भदौ । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि भदौ तीन गतेदेखि काठमाडौं उपत्यकामा लागू गरिएको निषेधाज्ञा केही खुकुलो पारिएको छ ।

आज ९बुधबार० काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले पसल र सवारी साधन पनि सञ्चालन गर्ने गरी निषेधाज्ञाको आदेश जारी गरेका हुन् । विहीबार (भोलि)देखि शर्तसहित व्यापार/व्यवसाय र यातायात क्षेत्र खुल्ने भएको छ ।

सार्वजनिक र निजी यातायातमा जोर÷बिजोर लागू गरिएको छ, भने ब्यापार/व्यवसायलाई शर्तसहित खोल्न दिने निर्णय भएको छ । तर होटल रेष्टुराँ, सिनेमा हल, क्लब तथा अन्य मनोरञ्जन स्थल भने बन्द नै रहने छन् ।


जारी निषेधाज्ञा केही खुकुलो बनाइएपनि महोत्सवमा सहभागी हुन, मन्दिर र चर्चमा नित्य पूजाबाहेक गतिविधि गर्न, कलकारखाना र व्यवसयायमा भीडभाड हुने काम गर्न, भेला हुन, जुलुस गर्न, भीडभाड गर्न पाइने छैन ।

साथै, शैक्षिक संस्था सञ्चालन गर्न, गोष्ठी गर्न, सिनेमा घर खुला गर्न, शैलुन, ब्यूटी पार्लर स्पा सञ्चालन गर्न, पुस्तकालय, चिडियाखाना खोल्न र स्वास्थ्य मापदण्ड विपरित श्रमिक र कामदार ओसारपसार गर्न पनि पाइने छैन । पछिल्लो पटक (आज) थप गरिएको निषेधाज्ञा भदौं ३१ गते राति १२ बजेसम्मका लागि लागू हुनेछ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment