प्रदेश १ मा १ सय २१ जना नयाँ संक्रमित थपिए, ६६ जना डिस्चार्ज भए

विराटनगर, २६ भदौ । प्रदेश १ मा शुक्रबार (आज) १ सय २१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा ४७ जना, सुनसरीमा ४५ जना, झापामा १४ जना, संखुवासभामा १२ जना, उदयपुरमा १ जना र प्रदेश १ बाहिरका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज विराटनगरमा ३२ जनामा कोरोना संक्रमण देखिएको छ, जसमध्ये १२ जना महिला र २० जना पुरुष रहेका मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार मोरङको धनपालथानमा १ महिला ८ पुरुष, रंगेलीमा २ पुरुष, ग्रामथानमा १ महिला १ पुरुष, सुनबर्षीमा १ पुरुष, बुढीगंगामा १ महिला, सुनसरीको धरानमा ३ महिला २० पुरुष, दुहवीमा ७ महिला १ पुरुष, इटहरीमा १ महिला ५ पुरुष, कोशी गाउँपालिकामा ५ पुरुष, इनरुवामा २ पुरुष र गढीमा १ पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

झापाको दमकमा ६ महिला ३ पुरुष, मेचीनगरमा १ महिला १ पुरुष, विर्तामोडमा १ महिला १ पुरुष, कनकाईमा १ महिला, संखुवासभाको चैनपुरमा १ महिला १० पुरुष, धर्मदेवीमा १ पुरुष, उदयपुरको चौदण्डीगढीमा १ महिला र प्रदेश १ बाहिरका २ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ हजार ६१९ पुगेको छ ।


थप एकको मृत्यु

पछिल्लो २४ घण्टामा थप १ को मृत्यु भएको छ । विराटनगरकी संक्रमित एक महिलाको मृत्यु भएको हो । हालसम्म प्रदेश १ मा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ ।

थप ६६ जना डिस्चार्ज भए

पछिल्लो २४ घण्टामा प्रदेश १ मा थप ६६ जना डिस्चार्ज भएका छन् । योसँगै प्रदेश १ मा डिस्चार्ज हुनेहरुको कुल संख्या २ हजार १९ जना पुगेका छन् ।

न्युज२४ नेपालबाट साभार गरिएकाे

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment