भक्तपुरको मध्यपुर थिमिमा एउटै परिवारका ३ जना मृत अवस्थामा फेला

File photo

भक्तपुर, २६ भदौ । भक्तपुरको मध्यपुर थिमि नगरपालिका–९ को निकोसेरामा एउटै परिवारका तीन जना मृत अवस्थामा फेला परेका छन् ।

महानगरीय प्रहरी वृत्तका अनुसार (आज) शुक्रबार वर्ष ३६ का सुदीप अधिकारी, श्रीमती वर्ष ३४ की सम्भना अधिकारी र छोरा वर्ष १५ का सुशान्त अधिकारीको शव घरमै फेला पारिएको हो ।

महानगरीय प्रहरी वृत्तले यस घटनाबारे अनुसन्धान थालेको बताएको छ । साथै, यस घटनामा संलग्नलाई पत्ता लगाएर सार्वजनिक गर्ने पनि जनाएको छ ।

घरको दोश्रो तल्लामा श्रीमती सम्झना अधिकारी र कुकुरको शव, तेस्रो तलामा सुशान्त र माथिल्लो तलामा सुदीप अधिकारीको शव फेला परेको बताइएको छ । केही दिन पहिले नै घटना भएको जस्तो देखिएको प्रहरीले जनाएको छ ।

एक्त घटना कहिले भएको र कसले गरेको भन्ने विषयमा अनुसन्धान थालिसकेको प्रहरीले जनाएको छ ।



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment