पहिरोले घर पुरिँदा सुतिरहेका दुई बालकको मृत्यु

रोल्पा, २७ भदौ । सुतिरहेको समयमा राति घर माथिबाट पहिरो खसेर घर पुरिँदा रोल्पामा दुई बालकको ज्यान गएको छ ।

जिल्लाको लुङग्री गाउँपालिका- १, ऐपे गाउँमा गएराति १२ बजेतिर घरमाथिबाट ढुंगासहितको पहिरो खसेकाे थियाे । घरमा सुतिरहेका ११ बर्षीय युवराज घर्ती र ८ बर्षीय अमर घर्तीको पुरिएर मृत्यु भएको ईलाका प्रहरी कार्यालय सुलिचौरका प्रहरी निरीक्षक शहदेव डाँगीले जानकारी दिएका छन् ।

हजुरबुबा, हजुरआमा र आमासहित ५ जना सुतेकामध्ये दुई बालकको पहिरोमा पुरिएर ज्यान गएको ईलाका प्रहरी कार्यालय सुलिचौरले जनाएको छ । अन्य क्षतिबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई रहेको छ ।

न्युज२४ नेपालबाट साभार गरिएकाे



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment