ललितपुरका दुई अस्पतालमा ३ जना कोरोना संक्रमितको मृत्यु


काठमाडौं, २७ भदौ । ललितपुरका दुई अस्पतालमा उपचाररत ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पाटन अस्पतालमा २ जना र मेघा अस्पतालमा १ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

मृत्यु हुनेमा दुई जना भक्तपुरका र एक जना काठमाडौंका रहेका स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । पाटन अस्पतालमा उपचाररत काठमाडौं निवासी ५१ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको छ । भदौ १९ गतेदेखि अस्पतालमा उपचार गराइरहेका उनको आज बिहान २ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

यसैगरी ललितपुरकै पाटन अस्पतालमा उपचार गराइरहेका भक्तपुरका ७२ वर्षीय पुरुषको शुक्रबार राति ९:४५ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ। ती पुरुषको भदौ १७ गतेदेखि अस्पतालमा उपचार भइरहेको थियो।


१२ दिन अघि बिरामी भएका ति पुरुषको कोरोना परीक्षणका लागि नेपाल कोरिया मैत्री अस्पतालबाट थप उपचारका लागि पाटन अस्पताल लगिएको ति वृद्धको उपचार क्रममा आज बिहान मृत्यु भएको मध्यपुर थिमि नगरपाििलकाका प्रमुख मदन सुन्दर श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment