बिर्तामोडको भेटेरिनरी पसलबाट लागूऔषध बरामद, सञ्चालक प्रहरी नियन्त्रणमा


झापा, २७ भदौ । प्रहरीले झापाको बिर्तामोडस्थित एक भेटेरिनरी पसलबाट लागूऔषधसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
बिर्तामोड नगरपालिका–३, बिर्ताबजारस्थित गोपाल एग्रोभेटमा लागूऔषध ब्राउनसुगरको कारोबार हुने गरेको सूचनाका आधारमा शुक्रबार दिउँसो ४ बजे प्रहरीले छापा मारेको थियो ।
इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले उक्त एग्रोभेटमा छापा मार्दा ब्राउनसुगर जस्तै देखिने २२ ग्राम लिसाइलो पदार्थ प्रतिबन्धित लागूऔषध बरामद गरेको हो ।
बरामद गरेको लागूऔषधसहित एग्रोभेटका सञ्चालक ३० बर्षीय गोपाल गौतमलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले जानकारी दिनुभयो ।
न्युज२४ नेपालबाट साभार गरिएकाे


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment