पछिल्लो २४ घण्टामा प्रदेश १ मा १ सय ७१ जना संक्रमित थपिए


विराटनगर, १ असोज । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ सय ७१ जना नयाँ संक्रमित थपिएका छन् । यो दैनिक संक्रमण संख्यामा अहिले सम्मकै उच्च हो । मोरङमा ९२, सुनसरीमा ६३, झापामा ११, खोटाङ र धनकुटामा १–१ र प्रदेश १ बाहिरका ३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा ६५ जनामा संक्रमण देखिएको छ । संक्रमित हुनेमा १५ महिला र ५० पुरुष रहेका छन् ।

मोरङको बढीगंगामा ४ महिला ६ पुरुष, जहदा र कटहरीमा ३–३ पुरुष, सुन्दरहरैचामा १ महिला १ पुरुष, लेटाङमा १ पुरुष, रतुवामाई, रंगेली र धनपालथानमा १–१ महिला, बेलबारी र ग्रामथानमा १–१ पुरुष, स्थानीयतह नखुलेका १ महिला २ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उता सुनसरीको धरानमा ११ महिला १७ पुरुष, दुहवीमा ३ महिला १९ पुरुष, इटहरीमा ४ महिला ७ पुरुष, गढीमा २ पुरुष, झापाको दमकमा ५ महिला १ पुरुष, मेचीनगरमा ३ पुरुष, कनकाईका १ महिला र स्थानीयतह नखुलेका १ पुरुष, खोटाङमा १ महिला, धनकुटामा १ पुरुष र प्रदेश १ बाहिरका १ महिला २ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक मन्त्रालयले जनाएको छ ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५ हजार २ सय ७१ पुगेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा यस प्रदेशमा ४३ जना डिस्चार्ज भएका छन् । योसँगै प्रदेशमा डिस्चार्ज हुनेहरुको कुल संख्या २ हजार २ सय ३९ पुगेको छ ।

प्रदेश १ मा असोज १ गतेसम्म १ हजार १ सय ५७ जनाको पीसीआर परीक्षण भएको छ । परीक्षण गरिएकामध्ये ५० महिला र १ सय २१ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा सवैभन्दा बढी संक्रमित भएको जिल्ला मोरङ हो, जहाँ २ हजार ४ सय ४६ जना संक्रमित रहेका छन् । त्यस्तै झापामा ७ सय ७७, सुनसरीमा १ हजार १ सय ८ रहेका छन् भने उदयपुरामा १ सय २७ रहेका छन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment