प्रदेश १ सरकारद्वारा कर तिर्ने म्याद ६० दिन थप


विराटनगर, १ असोज । लकडाउन र निषेधाज्ञा खुकुलो भएसँगै व्यवसायी र सर्वसाधारणको आवश्यकतालाई ध्यानमा राखेर प्रदेश १ सरकारले यातायात, होटल तथा ट्राभलहरुको कर तिर्ने म्याद ६० दिन थप्ने निर्णय गरेको छ ।

विहीबार विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको मन्त्रिपरिषद बैठकले प्रदेश सरकारले उठाउने करहरुमा लकडाउन र निषेधाज्ञाका कारण थप दस्तुर र जरिवाना लाग्ने अवस्था रहेकोमा असोज १ गतेदेखि ६० दिन म्याद थप गरेको आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले जानकारी दिए ।

संघीय सरकारले लकडाउन खुलेको ६० दिनभित्र कर तिर्ने निर्णय गरेसँगै प्रदेशका विभिन्न जिल्लाहरुमा पछिल्लो पटक जारी गरिएको लकडाउन र निषेधाज्ञा हाल खुकुलो भइसकेको कारण प्रदेश सरकारले यस्तो निर्णण गरेको हो ।

यसैगरी मन्त्रिपरिषद बैठकले आर्थिक वर्ष २०७७÷७८ को वार्षिक विकास कार्यक्रम र प्रदेश पाश्र्वचित्र स्वीकृत गरेको छ । यी दुबै प्रतिवेदन असोज ४ गते सार्वजनिक गरिने मन्त्री आङ्बोले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment