इलामका युवाहरुले बनाए अस्पतालमा औषधी पुर्‍याउने रोबर्ट, प्रतिभाको संरक्षण गर्दे नेता खडका


इलाम, २ असोजः इलामका युवाहरुले निर्माण गरेको मानव निर्मित यन्त्र (रोबर्ट) को प्रदर्शन गरिएको छ । इलामका ५ जना युवाहरुले निर्माण गरेको यन्त्रको बिहीबार एक कार्यक्रम बिच प्रदर्शन गरिएको हो । बिशेष गरेर अस्पतालमा प्रयोग गर्ने गरि मानव निर्मित यन्त्र निर्माण गरिएको हो । कोरोनाका कारण बिरामीलाई औषधि दिन डाक्टर तथा नर्सहरु डराईरहेको अवस्थामा रोवर्बले नै औषधि पुर्याउन सहयोग गर्ने रोबर्ट आबिस्कार नबिन फुयालले जानकारी दिए । उनका अनुसार करिव डेढ महिना लगाएर निर्माण गरेको रोबर्ट अस्पतालमा नै प्रयोग गर्न निर्माण गरिएको हो ।
कोरोना बिशेष अस्पताल र आइसुलेसनमा प्रयोग गर्नकै लागि रोबर्टको निर्माण गरिएको हो । रिमोर्ड कन्ट्रोलको माध्यमबाट कुन बेडमा कुन औषधि लैजानु पर्ने, कति पटक औषधि सेवन गरेको भन्ने लगायतको जानकारी सोहि रोबर्ट मार्फत प्राप्त हुने उनले बताए । सिसि क्यामेरा प्रयोग गरिएकाले पनि रोबर्टबाट धेरै कुराको जानकारी लिन सकिने बताइएको छ ।

इलामका नबिन फुयाल, सुलभ सुवेदी, रिकेश भट्टराई, पवन चापागाइँ, अभिनेश सुवेदीले सो रोबर्टको निर्माण गर्नुभएको हो । फरक फरक बिषयमा काठमाण्डौमा अध्ययन गर्ने उहाँहरुले काठमाण्डौमा समेत बिभिन्न क्रयाकलापको प्रदर्शन गरेको बताइएको छ ।
रोबर्टको प्रयोगले डाक्टर नर्सहरुले धेरै पटक बिरामीलाई नियाल्न आवश्यक नरहेकाले अन्य काम गर्ने समयको समेत बचत हुने बताइएको छ । रिमोर्डको माध्यमबाट मानिसको आवाज सहजै रोबर्टले सुन्ने र काम गर्ने जनाइएको छ । साथै रोबर्ट मार्फत समेत आवाज आउने भएकाले बिरामीले समेत सहजै रोबर्टलाई पयोग गर्न सक्ने जनाइएको छ ।
रोबर्टको सुरुवाती अवस्थामा नै भएकाले करिव १ लाख १० हजार खर्च भएको छ  काम शुरु पछि आर्थिक समस्याका कारण काम अधुरो हुने भएकोले नेता खढकाले यो सम्पुर्ण कामको खर्च दिने बताए सँगै  सो रकम इलामका समाजसेवी डम्बर खड्काले सहयोग गरेका छन् ।  समाजसेवी खड्काले करिव एक लाख सहयोग गरेका हुन । युवाहरुको जोस र जाँगरमा हौसला प्रदान गर्न आफुले सहयोग गरेको समाजसेव खड्काले बताए । उनले नै रोबर्टको बिहिबार उद्घाटन समेत गरे  ।
खेलकुद मडमन्दिर बिद्यालय गरीब दुखीलाइ सहयोग गर्ने खडकाले यस पटक इलामका पतिभालाइ सहयोग गरी नौलो काम गरेका छन
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment