कोशी अस्पताल र वीपी कोइराला अस्पतालमा थप दुई कोरोना संक्रमितको मृत्यु

विराटनगर, १३ असोज । विराटनगरको कोशी अस्पताल र धरानको विपिकोइराला विज्ञान स्वास्थ्य प्रतिष्ठानमा एक एक जनाको मृत्यु भएको छ ।

मोरङको सुनबर्षी नगरपालिका ७ का ६८ बर्षका पुरुषको उपचारको क्रममा विपि कोइराला विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको छ भने सुनसी दुहवीका ५ का ६० बर्षका पुरुषको कोशी अस्पतालको आइसोलेसन कक्षमा मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।

असोज ५ गते कोरोना पुष्टि भएका सुनबर्षीका पुरुषको विराटनगर स्थित नोबेल मेडिकाल कलेजमा आइसियुमा उपचार भइरहेको थियो । उनलाइ थप उपचारको लागि १० गते प्रतिष्ठानमा रिफर गरिएको थियो ।

धरान स्थित विपि कोइराला विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा भेण्टिलेटरमा राखेर उपचार गर्ने क्रममा उनको १३ गते विहान ३ बजे मृत्यु भएको प्रतिष्ठानका प्रबक्ता डा.निदेश सापकोटाले जानकारी दिनु भयो ।

मृतक पुरुषलाई ज्वरो , खोकी, श्वासप्रस्वासमा समस्या साथै कोरोना पोजेटिभ भएको थियो । उनको पहिले देखिनै उच्च रक्तचाप मधुमेह , मृगौलाको दिर्गकालिन समस्या रहेको प्रवक्ता डा.सापकोटाले जानकारी दिनु भयो ।

सुनसरीको पुरुषको पनि सोमबार ज्वरो खोकी र सासफेर्न समस्या भएर अस्पताल ल्यइएको थियो । सोमबार दिउसो मृत्यु भएको र उनको स्वावको रिपोर्ट रातीमात्र पोजेटिभ आएको कोशी अस्पताल विराटनगरले जनाएको छ ।

अन्तिम संस्कारको लागि दुवै सव व्यवस्थापन कार्य भइरहेको सो अस्पतलले जनाएको छ । प्रदेश १ मा यो संगै ६६ जनाको मृत्यु भएको छ भने १३ जना बाहरिका रहेको सामाजिक विकास मंत्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment