विराटनगरमा फेरि अर्का एक संक्रमितको मृत्यु, मोरङमा कोरानाबाट मृत्यु हुनेको संख्या २० पुग्यो


विराटनगर, २० भदौ । विराटनगरस्थित कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा कोरोना संक्रमित एक जना पुरुषको मृत्यु भएको छ ।

कोशी अस्पतालबाट शुक्रबार राति १२ बजे कोभिड उपचार केन्द्रमा रिफर गरिएका मोरङ धनपालथान गाँउपालिका वडा नं. ६ का ५३ बर्षका पुरुषको उपचारकै क्रममा शनिवार विहान साढे १० बजे मृत्यु भएको कोभिड उपचार केन्द्रका इन्चार्ज वरिष्ठ फिजिसियन डा।दीपक सिग्देलले जानकारी दिनु भयो ।

स्वासप्रस्वासमा समस्या भएपछि उनलाई रातिनै कोशी अस्पतालको आइसोलेसनबाट कोभिड उपचार केन्द्र लगिएको थियो । उनको शनिवारनै कोरोना पोजेटिभ पुष्टि भएको थियो भने उपचारको क्रममा शनिवार विहान मृत्यु भएको हो । योसंगै कोभिड १९ उपचार केन्द्र विराटनगरमा मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

शुक्रबार साँझ कोशी अस्पतालमा १ र वीपी कोइराला विज्ञान प्रतिष्ठान धरानमा १ जना गरी विराटनगरका दुइजना महिलाको मृत्यु भएको छ भने यो संगै मोरङमा मृत्यु हुनेको संख्या २० पुगेको छ । यसै गरी प्रदेश १ मा ३८ जनाको मृत्यु भएकोमा १२ जना प्रदेश २ का रहेका छन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment