धान खेतमा पानी हाल्न नदिए पछि झडप, ३ प्रहरी सहित दर्जनौं घाइते

  • महेश सिंह 


लहान २० भदौः सिरहाको बर्यारपटि गाउँ पालिकामा वडा नम्बर १ कचनारीमा धानमा पानी लगाउने  विषय लिएर बिवाद उग्ररुपलिए पछी ३ प्रहरी सहित दर्जनौं ब्यक्ती घाइते भएका छन् ।

शुक्रबार राती करीब ९ बजे तिर रामनाथ यादव र बिजय यादवको पक्ष बिच धानमा पानीलाउने विषयलाई लिएर बिवाद उग्ररूप लिएपछि झडप भएको थियो।स्थानीय अजय यादवको खेतमा रहेको बोडिङमा विद्युतबाट चल्ने पानी तान्ने मोटरबाट धान खेतमा पानी को पहिला लगाउने भन्दै बिवाद उग्ररूप लिए पछि झगडा भएको थियो । 

मोटर ,बोडीङ २, जग्गा सहित स्थानीय सोही बस्ने अजय चौधरीको निजि हुन् । पुरानो रिशिबिको कारणले उक्त झगडा भएको स्थानीयले बताए धान पटाउने एउटा् बहाना र झगडा गर्ने निउमात्र भएको  उनले बताए । 

घाइते हुनेमा  दिनेश कुमार यादव, श्याम कुमार भगतलाई  र मिथिलेश यादव गम्भिर घाइते भएका छन भने उनीहरुको  सिरहा सदर मुकायमको सरकारी अस्पतालमा उपचार गराएको पीडितले बताए । अन्य घाइतेहरू भने सामन्य रहेका छन् ।

 यता १० जनाको एक समुहले राज कुमार यादवको श्रीमती स्वस्तिका कुमारी गिरी यादवलाई  घरमा गई बोकसिको आरोपमा  खुट्पिट गरेको पीडितले बताए । 

उक्त घटनामा शान्ति सुरक्षाको लागि  प्रहरी चौधरी कचनारीबाट खटिएको नेपाल प्रहरीको दुई जना जवान र बोडर चेक पोस्ट कचनारीमा खटिएको सशस्त्र प्रहरीका ईन्स्पेकटर सुर्य धमलालाई बया पाखुरामा गहिरो चोट लागेको धमलाले बताए । 

नेपाल प्रहरीमा घाइते जवानको नाउँ गोप्य रहेको छ। उक्त घटनाको आरोपमा  एक जना युवालाई ईलाका प्रहरी कार्यालय लक्ष्मीपुरपतारीको थुनुवा गृहमा राखिएको छ् । उक्त घटना छानबिनको लागी युवालाई पक्राउ गरि छानबिनको लागि राखिएको प्रहरीले जनाएको छ ।




प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment