तथ्यांक भन्छ- कोरोना संक्रमण समुदायस्तरमै विस्तार


काठमाडौँ, २० भदाै । पछिल्ला तथ्यांकहरूले काठमाडौं उपत्यकामा कोरोना संक्रमण समुदायस्तरमै विस्तार भइसकेको देखाएका छन् । पछिल्लो सात दिनको पर्सेन्टेज पोजिटिभ रेट (पीपीआर) बिहीबार गणना गरेर हेर्दा उपत्यकाको औसत ११.७० को हाराहारीमा छ भने देशभरको औसत ८.७ छ ।

जनस्वास्थ्य विज्ञका अनुसार पीपीआर ५ भन्दा माथि भए त्यसले संक्रमण समुदायस्तरमा व्यापक भएको वा परीक्षणको दायरा फराकिलो हुन नसकेको दर्शाउँछ ।

उपत्यकाको पछिल्ला सात दिनको पीपीआर एक दिनबाहेक दोहोरो अंकमा छ जुन आवश्यक मापदण्डभन्दा दुई गुणा बढी हो । विश्व स्वास्थ्य संगठनले विश्वभरका देशहरूलाई जनजीवन सामान्य रूपमा फर्काउनुपूर्व १४ दिनसम्म पीपीआर ५ प्रतिशतभन्दा तल हुनुपर्ने सुझाव दिएको छ ।

यो संख्या बढ्नुको मतलब हामीकहाँ लक्षण देखिएर वा कुनै समस्या भएर परीक्षण गराउन पुगेकाको मात्रै परीक्षण भइरहेको छ, समुदायस्तरमा परीक्षण भएको छैन भन्ने पनि हो । एकातर्फ देशैभर संक्रमण फैलने दर उकालो लाग्दै छ भने अर्कोतर्फ कोरोनाकै कारण मृत्यु हुनेहरूको संख्या भदौ १४ को तथ्यांकलाई आधार मान्दा १४ दिनमा दोब्बर भएको छ । यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment