लियोनल मेस्सी थप एक सिजन बार्सिलोनामै बस्ने

काठमाडौं, १९ भदौ । बार्सिलोनाका कप्तान लियोनल मेस्सी थप एक सिजन बार्सिलोनामै बस्ने भएका छन् । सर्वकालीन सर्बाधिक गोलकर्ता मेस्सीले क्लब छाड्न चाहेको बताएको दश दिनपछि आफू बार्सिनोना मै बस्ने बताएका हुन् ।

बार्सिलोना र ला–लिगाले कुनै पनि क्लबले ७ सय मिलियन यूरोको क्लज नतिरी मेस्सीलाई भित्राउन नपाउने बताएसँगै मेस्सी थप एक सिजनका लागि बार्सिलोनामै बस्न लागेका हुन् ।

मेसीले गत मंगलबार आफ्नो सम्झौतामा भएको सित्तैमा क्लब छोड्न पाउने क्लजको प्रयोग गर्न चाहेका थिए । तर, बार्सिलोना र ला–लिगाले उनले क्लब छोड्न चाहे ७ सय मिलियन को रिलिज क्लज तिरे मात्र छोड्न सक्ने बताएका थिए ।

मेस्सीले भनेका छन्, ‘मैले सित्तैमा क्लब छोड्न पाउँछु भन्नेमा विश्वस्त थिए । मलाई सँधै अध्यक्षले सिजनको समाप्तीमा निर्णय लिन सक्ने बताउँदै आएका थिए । तर, अहिले उनीहरू जुन १० अगाडिको कुरा गरिरहेका छन् ।’

उक्त समयमा आफूहरु ला लिगाको उपाधिका लागि भिडिरहेका कारण भन्न नसकेको बताउँदै मेस्सीले भने, ‘तर, अब त्यो समय गइसक्यो, म छोड्न सक्दिन ।’

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment