भारतमा कोरोना संक्रमितको संख्यामा नयाँ रेकर्ड, पछिल्लो २४ घण्टामा ८७ हजार हजार बढी थपिए


काठमाडौँ, २० भदौ ।
 भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितको संख्या दिनप्रतिदिन बृद्धि हुँदै गइरहेको छ । अघिल्ला दिनहरुमा भन्दा पछिल्ला दिनहरुमा दैनिक सङ्क्रमितको संख्या बढ्दै गइरहेको तथ्यांकले देखाएको छ ।
भारतमा दिनदिनै कोरोना भाइरस संक्रमितको संख्याले नयाँ रेकर्ड कायम गर्दै आएको छ । आजपनि भारतमा नयाँ कोरोना संक्रमितको संख्याले उच्च रेकर्ड कायम गरेको छ । भारतमा पछिल्लो २४ घण्टाभित्र ८७ हजार ११५ जनामा नयाँ कोरोना संक्रमण भएको पाइएको छ । जुन २४ घण्टामा संक्रमित हालसम्मकै उच्च संख्या हो ।
अहिले भारत विश्वका धेरै कोरोना संक्रमित मुलुकहरुको तेस्रो स्थानमा रहेको छ । एसियाली देशहरूमा भने सबैभन्दा बढी कोरोना भाइरसक संक्रमितहरू भारतमै फेला परेका छन् ।
अहिले भारतमा कोरोना भाइरस संक्रमितको ४० लाख २० हजार नाघेको छ । यो समाचार तयार पार्दासम्म मृत्यु हुनेको संख्या कोरोनाका कारण मृत्यु हुनेको संख्या भने ६९ हजार ६३५ पुगेको छ । । पछिल्लो २४ घण्टामा १ हजार ६६ जनाको मृत्यु वर्ल्डोमिटर्सले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment