संक्रमितको संख्यामा फेरि उछाल, आइतबार एकैदिन १ हजार ५ सय ७३ संक्रमित थपिए

काठमाडौं, ११ असोज । मुलुकमा थप १ हजार ५ सय ७३ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार ५ सय ७३ संक्रमित थपिएसंंगै नेपालमा सकृय संक्रमितको कुल संख्या १९ हजार १९ पुगेको छ ।

मन्त्रालयका अनुसार प्रदेश १ को झापामा ३ जना, भोजपुरमा १ जना, मोरङमा १ सय ५२ जना र सुनसरीमा ३ जनामा संक्रमण देखिएको छ । त्यस्तै प्रदेश २ को धनुषामा १ जना, पर्सामा १७ जना, बारामा २० जना, महोत्तरीमा ३ जना, रौतहटमा १६ जना, सप्तरीमा ८ जना, सर्लाहीमा र सिरहामा १/१ जनामा संक्रमण देखिएको छ ।

यता, वागमती प्रदेशको काठमाडौँमा ६ सय ३३ जना, काभ्रेमा १७ जना, चितवनमा ८३ जना, धादिङमा १ जना, नुवाकोटमा ३ जना, भक्तपुरमा ७२ जना, मकवानपुर, रसुवा र रामेछापमा १/१ जना, ललितपुरमा १ सय ४ जना र सिन्धुपाल्चोकमा ३ जनामा भाइरस देखिएको छ ।

त्यस्तै, गण्डकी प्रदेशको कास्कीमा २८ जना, गोरखामा १ जना, तनहुँमा ४ जना, नवलपरासीमा पूर्वमा ८ जना, लमजुङमा २० जना, वाग्लुङमा ३२ जना र स्याङ्जामा ३ जनामा संक्रमण पुष्टि भएको छ ।

यता, प्रदेश ५ को अर्घाखाँचीमा १ जना, कपिलवस्तुमा ६ जना, गुल्मीमा २ जना, दाङमा ३० जना, नवलपरासीमा १ जना, प्यूठानमा २ जना, बर्दियामा ३३ जना, बाँकेमा ३३ जन, रुपन्देहीमा ४७ जना र रोल्पामा ५ जनामा भाइरस पुष्टि भएको छ ।

त्यस्तै, कर्णाली प्रदेशको दैलेखमा ४ जना, सल्यानमा १२ जना र सुर्खेतमा ७६ जनामा संक्रमण देखिएको छ । र, सुदूरपश्चिम प्रदेशको अछाममा २ जना, कञ्चनपुरमा १३ जना, कैलालीमा ५६ जना, डोटीमा १ जना, बझाङमा २४ जना र बैतडीमा १ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment