डा.केसीको समर्थनमा विराटनगरमा लाग्यो नारा- ‘हामीलाई थाहा छ, सरकासंग सुन्ने र वुझ्ने क्षमता छ’

विराटनगर १० असोज । युवाहरुले चिकित्सक शिक्षा सुधारको माग राख्दै आमरण अनशन बसेका डाक्टर गोबिन्द केसीको पक्षमा विराटनगरमा एक घण्टा अनशन बसेका छन् ।

शनिवार विराटनगर स्थित ट्रफिक चोकमा डाक्टर केसीको जीवनरक्षा र उनले उठाएको माग सम्बोधन गर्न माग गर्दै युवाहरुले एक घण्टा अनसन बसेका हुन । जुम्लाबाट अनशन सुरुगरेका डाक्टर केसी भदौ २९ गतेदेखि १९ औं पटक अनशनमा वसेका छन् ।

युथ कांग्रेसको अगुवाइमा सवै क्षेत्रका युुवाहरुले, हामीलाई थाहा छ सरकासंग सुन्ने र वुझ्ने क्षमता छ , डाक्टर गोविन्द केसी म पनि हो, म जनताको सुरक्षाको लागि खटिएको छु जस्ता नारा लेखेका प्लेकार्ड बोकेका थिए भने गोविन्द केसीको मुखुन्डो लगाएर विरोध गरेका थिए ।

युवाहरुले सरकारले डाक्टर केसीलाई अमानविय व्यावहार गरेको र स्वच्छ छवि भएका डाक्टर केसीले चिकित्सक क्षेत्रमा सुधारको माग राख्दै बषौं देखि अनशन बस्दै आएता पनि कुनै सुधार गर्न नसकेको आरोप लगाएका छन् । उनीहरुले केसीको समर्थनमा सवै युवाहरु साथ रहेको भन्दै समर्थन स्वरुप अनसन वसेका थिए ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment